कोरोना अपडेट : थप २,०७५ जनामा संक्रमण, ३० को मृत्यु

कोरोना अपडेट : थप २,०७५ जनामा संक्रमण, ३० को मृत्यु

२०७८, भाद्र ५ शनिवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : थप २,०७५ जनामा संक्रमण, ३० को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।

    २०७८, भाद्र ५ शनिवार०५:२९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार