मौसम पूर्वानुमान :तीन प्रदेशमा ठूलो वर्षाको सम्‍भावना

मौसम पूर्वानुमान :तीन प्रदेशमा ठूलो वर्षाको सम्‍भावना

२०७८, भाद्र ६ आइतवार

  • 1.2K
    SHARES

  • मौसम पूर्वानुमान :तीन प्रदेशमा ठूलो वर्षाको सम्‍भावना

    काठमाडौँ । हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागअन्‍तरगत मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ ।

    दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १ एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ।

    राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    २०७८, भाद्र ६ आइतवार०८:०८:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार