काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २१८ गरी जम्मा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ हजार २४८ रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ ।