भाजपा नेताको दौडधुप, प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुखको शिष्टाचार भेट

भाजपा नेताको दौडधुप, प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुखको शिष्टाचार भेट

२०७८, भाद्र ७ सोमवार

  • 1.5K
    SHARES

  • भाजपा नेताको दौडधुप, प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुखको शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी९भाजपा०का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आइतवार शिष्टाचार भेट गरेका छन् । 

    आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
     
    सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो । 

    दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् । 

    २०७८, भाद्र ७ सोमवार०८:०३:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार