काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।