काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी कुल २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।