काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी कुल २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।