काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी कुल २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।