मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की

२०७८, भाद्र १२ शनिवार

  • 689
    SHARES

  • मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की

    मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर  छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारेका हुन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन  कुरा भइरहेको जानकारी दिए ।

    समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी  दिगो विकासका कार्य गर्ने प्रष्ट पारेका उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए । 

    एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने  र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए ।

    एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने छ भने ।

    मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुगेका हुन्  । 

    २०७८, भाद्र १२ शनिवार१२:११:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार