प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२०७८, भाद्र १२ शनिवार

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 

    प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।

    उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ । 

    २०७८, भाद्र १२ शनिवार१२:३६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार