आज र भोलि देशभर पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

आज र भोलि देशभर पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

२०७८, भाद्र १३ आइतवार

  • 937
    SHARES

  • आज र भोलि देशभर पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

    काठमाण्डौ । आज र भोलि देशभर पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । आज (आइतबार) बिहान प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    २०७८, भाद्र १३ आइतवार०७:५२:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार