देउवा कड्किए पछि प्रचण्ड - माधवले दिने भए मन्त्रीको नाम 

देउवा कड्किए पछि प्रचण्ड - माधवले दिने भए मन्त्रीको नाम 

२०७८, भाद्र १४ सोमवार

  • 985
    SHARES

  • देउवा कड्किए पछि प्रचण्ड - माधवले दिने भए मन्त्रीको नाम 

    काठमाडौं । सरकार गठन भएको ४७ दिन पुगिसक्ता पनि मन्त्रीपरिषदले पुर्णता नपाएको विषय गम्भिर बन्दै गएको छ । खासगरि सत्ता गठबन्धनका नेताले आफुलाई सत्ताको केन्द्रमा राख्नुपर्ने अडान कस्दै जाँदा सरकार गठनले पूर्णता पाउन ढिलाई भएको हो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार संचालन गर्ने उच्च राजनीतिक संयन्त्रको प्रमुख बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा विभाजन गरेर नेकपा (एकिकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल बिचमा तिब्र प्रतिस्पर्धा देखिएकाले उनीहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम दिन पनि ढिलाई गरेका हुन् । 

    नेता दहाल र नेपाललाई नेतृत्व पनि लिनुपर्ने अनि पार्टीबाट मन्त्री बन्नेहरुको लिस्ट छान्नै सकस भएकाले सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बन्ने लोभले केपी शर्मा ओली समूह छाडेर आएका देखि आफुले विभिन्न प्रलोभन दिएर समूह नछाड्न दबाब दिएका नेताको समूह धेरै भएकाले एकिकृतका नेता नेपाललाई  मन्त्री छान्न सकस देखिएको छ । 

    यहि विषयलाई लिएर आज सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवा गठबन्धनका नेतासँग कड्किए पछि सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

    बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए । 

    २०७८, भाद्र १४ सोमवार०२:४५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार