दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

२०७८, भाद्र १४ सोमवार

  • 917
    SHARES

  • दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

    बितेको २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ । होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् । 

    नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    २०७८, भाद्र १४ सोमवार०६:०२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार