पहिराले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

२०७८, भाद्र १५ मंगलवार

  • 1.1K
    SHARES

  • पहिराले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

    सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध  हेलम्बु राजमार्ग दुई दिनपछि  सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

    यसअघि मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो आइ सडक लगातार अवरुद्ध भएको थियो  ।

    अब मेलम्ची बजारसम्म बस सञ्चालन गर्न सकिने र तालामाराङसम्म बाटो सफा गर्न थालिएको मेलम्ची नगरपालिकाले जनाएको छ । 

    २०७८, भाद्र १५ मंगलवार०१:५८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार