छबेलीमा मास्क बैंक

छबेलीमा मास्क बैंक

२०७८, भाद्र १५ मंगलवार

  • 1.5K
    SHARES

  • छबेलीमा मास्क बैंक

    ललितपुर । वाग्मती गाउँपालिका–३ भट्टेडाडाँस्थित छबेलीमा मास्क बैंक स्थापना गरिएको छ । प्रहरीचौकी भट्टेडाँडा र साहास नेपाल नामक संस्थाको संयुक्त सहकार्यमा  स्थापित सो बैँकबाट निः शुल्क मास्क प्रदान गरिने जनाइएको छ ।

    प्रहरी नायब निरीक्षक श्यामकृष्ण केसीले कोरोनाको जोखिम नियन्त्रण गर्न मास्क वितरण अभियान सुरु गरिएको बताए । छबेली वाग्मतीको मुख्य बजार क्षेत्र हो ।

    उक्त स्थानमा सहकारी, प्रहरी चौकी, होटल र तरकारी सङ्कलन केन्द्र छन् ।  स्थानीयवासी ईन्द्रप्रसाद चौरेलले भने, “यहाँ दैनिक चारदेखि पाँच सय व्यक्ति आवतजावत गर्ने भएकाले मास्कवितरण कार्यक्रम प्रभावकारी भएको छ ।”

    २०७८, भाद्र १५ मंगलवार०३:४०:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार