बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

२०७८, भाद्र १७ बिहिवार

  • 745
    SHARES

  • बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

    बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट  विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

    बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा  विद्यार्थीहरू  छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा  पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको  सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताए ।

    हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उनले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु-याइने जानकारी दिए । 

    २०७८, भाद्र १७ बिहिवार०४:१२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार