काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी कुल २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १६ रहेको छ ।