आज १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

आज १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

२०७८, भाद्र २३ बुधवार

  • 949
    SHARES

  • आज १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा १६४० जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ४५५ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो परीक्षण गरिएका नमुनामध्ये ९७६७ पीसीआर र ३६८८ एन्टीजेन नमुना परीक्षण थिए । बुधबार थप २१६१ जना कोभिड बिरामी निको भएका छन् भने थप १० जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको जनाइएको छ । 

    अहिले देशभर सक्रिय संक्रमित संख्या २९ हजार ४७९ जना रहेका छन् ।

    २०७८, भाद्र २३ बुधवार०६:०१:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार