काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी कुल १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४५ रहेको छ ।