राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण

राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण

२०७८, भाद्र २५ शुक्रवार

  • 925
    SHARES

  • राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा  भएको थियो ।
       
    गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा,  रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा  सीमा सुरक्षा, एमसीसीलगायत समग्र सुरक्षासँग सम्बन्धित  विषयका बारेमा समीक्षा भएको बताइएको छ ।

    २०७८, भाद्र २५ शुक्रवार०१:२६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार