एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

२०७८, भाद्र २५ शुक्रवार

  • 873
    SHARES

  • एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोस्रो सँशोधन) अध्यादेश, २०७८  पेश भएको छ ।

    विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई  अध्यादेश पेश गर्न समय दिएका थिए ।

    यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिएका थिए ।  

    सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाए । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

    अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराएकाले बसेर सदनचलाउने वातावरण बनाइदिन आग्रह गरेका थिए । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

    विरोधकाबीचबैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्तावपारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।

    २०७८, भाद्र २५ शुक्रवार०२:१७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार