काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षणमा १८५ जना गरी कुल १ हजार १४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ भने ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३५४ जना संक्रमित थपिएका छन् ।