काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३७ पीसीआर परीक्षणमा ७७७ जना र ३ हजार ७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी कुल ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३६८ संक्रमणमुक्त भएका छन् ।