काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षणमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । जसमध्ये ७ लाख ३९ हजार ४५७ जना निको हुनुका साथै १० हजार ९४९ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् ।