प्रतिनिधिसभा : विनियोजन विधेयक स्वीकृत

प्रतिनिधिसभा : विनियोजन विधेयक स्वीकृत

२०७८, भाद्र २९ मंगलवार

  • 765
    SHARES

  • प्रतिनिधिसभा : विनियोजन विधेयक स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । 

    बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

    सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।

    २०७८, भाद्र २९ मंगलवार०२:०४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार