निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

२०७८, भाद्र ३० बुधवार

  • 857
    SHARES

  • निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

    ललितपुर । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । 

    नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् । 

    उनले भने, “असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।” 

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताए । उनले भने, “तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छाँै ।”

    नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

    नेपाल राष्ट्रिय निजामति कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले मुलुक निर्माणको अभियानमा कोही कतैबाट केही सानातिना गल्ती भेट्दिा सबैले आलोचना खेप्नु परिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । 

    नेपाल इञ्जिनियरिङ एशोसिएशनका महासचिव छवि पोखरेलले निर्माण व्यवसाय फस्टाउनका लागि सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए । 

    नेपाल  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीभित्र रहेका त्रुटि एक जुट भएर सच्याउन अनुरोध गरे । सो सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीका हितमा ऐन संशोधन भएमात्रै आफूहरुले न्याय पाउने बताए । 

    नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायमा लो बिडिङ र क्रेडिटलाइनको सबैभन्दा ठूलो समस्या रहेकाले यसको समाधान   गर्न सुझाव दिए ।

    सङ्गठनका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईले २०६४ सालमा गठन भएको सो संस्थाले व्यवसायीमा परेका समस्या समाधान गर्न अब आउने नेतृत्व चुस्त र दुरुस्त हुनुपर्ने बताए । 

    सङ्गठनका अध्यक्ष शिवप्रसाद चौलागाईंले यो व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्ने उल्लेख गरे  । 

    २०७८, भाद्र ३० बुधवार०४:५३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार