काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी १ हजार ७६० जनामा संक्रमण भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४९५ संक्रमित छन् । जसमा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले पुष्टि गरेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।