काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षणमा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षणमा ३ सय ४६ गरी कुल १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका मन्त्रालयले जनाएको छ ।