कोरोना अपडेट : थप १५५८ जनामा संक्रमण,१० जनाको मृत्यु

कोरोना अपडेट : थप १५५८ जनामा संक्रमण,१० जनाको मृत्यु

२०७८, आश्विन १ शुक्रवार

  • 857
    SHARES

  • कोरोना अपडेट : थप १५५८ जनामा संक्रमण,१० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३८५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् भने २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

    यसैगरी विगत २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ । 

     

    २०७८, आश्विन १ शुक्रवार०४:४६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार