प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा बैठक जारी

२०७८, आश्विन ४ सोमवार

  • 813
    SHARES

  • प्रतिनिधिसभा बैठक जारी

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम छ । 

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए ।  

    नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । 
          
    त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ पारित गर्ने कार्यसूची पनि छ । अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । 

    २०७८, आश्विन ४ सोमवार१२:२६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार