काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षणमा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षणमा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका मन्त्रालयले जनाएको छ ।