डा खँड्का परराष्ट्रमन्त्रीमा नियुक्त, सपथ पश्चात आजै अमेरिका जाँदै

डा खँड्का परराष्ट्रमन्त्रीमा नियुक्त, सपथ पश्चात आजै अमेरिका जाँदै

२०७८, आश्विन ६ बुधवार

  • 885
    SHARES

  • डा खँड्का परराष्ट्रमन्त्रीमा नियुक्त, सपथ पश्चात आजै अमेरिका जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले डा नारायण खँड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । 

    नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

    समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

    नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । 

    त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम समेत रहेको छ । 

    २०७८, आश्विन ६ बुधवार०२:०३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार