काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षणमा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षणमा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५५, ललितपुरमा १५१ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।