सरकार विस्तारका सम्बन्धमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

सरकार विस्तारका सम्बन्धमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

२०७८, आश्विन ७ बिहिवार

  • 873
    SHARES

  • सरकार विस्तारका सम्बन्धमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

    काठमाडौं । आजपनि नेपाली कांग्रेसका पदाधिकारी एवं प्रभावशाली नेताहरूको बैठक बस्दै छ ।

    दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिए । बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

    सर्वोच्च अदालतको आदेश बमोजिम प्रधानमन्त्री बनेका शेरवहादुर देउवाले ७१ औं दिनसम्म पनि सरकार विस्तार गर्न सकेका छैनन् । सरकारलाई पूर्णता दिनुपर्ने दबाबमा रहेका देउवा सरकार गठबन्धनका माग र पार्टीमा पौडेल पक्षका मागले झन सकसमा पर्दै गएका छन् । 

    २०७८, आश्विन ७ बिहिवार०९:४०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार