काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा मात्र ४०४ संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा २४५, ललितपुरमा १०७, र भक्तपुरमा ५२ जना संक्रमित रहेका छन् ।