काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षणमा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।
हाल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । अहिलेसम्म नेपालमा ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।