सुदूरपहाडमा भूकम्पको धक्का

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८, आश्विन ९ शनिवार

  • 753
    SHARES

  • सुदूरपहाडमा भूकम्पको धक्का

    बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिजो ९शुक्रबार० भूकम्प गएको छ ।

    शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।

    भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

     

    २०७८, आश्विन ९ शनिवार०७:५७:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार