कोरोना अपडेट : थप ९५३ जनामा संक्रमण, ६ जनाको मृत्यु

कोरोना अपडेट : थप ९५३ जनामा संक्रमण, ६ जनाको मृत्यु

२०७८, आश्विन ९ शनिवार

  • 833
    SHARES

  • कोरोना अपडेट : थप ९५३ जनामा संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी कुल ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    नेपालमा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ४० जना संक्रमित भेटिएका छन् ।

     

     

    २०७८, आश्विन ९ शनिवार०५:१९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार