कांग्रेस १४औँ महाअधिवेशन :  चार पालिकामा सर्वसम्मत नेतृत्व चयन 

कांग्रेस १४औँ महाअधिवेशन :  चार पालिकामा सर्वसम्मत नेतृत्व चयन 

२०७८, आश्विन १० आइतवार

  • 1.5K
    SHARES

  • कांग्रेस १४औँ महाअधिवेशन :  चार पालिकामा सर्वसम्मत नेतृत्व चयन 

    लमजुङ । नेपाली कांग्रेस  १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ ।

    शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन भएका हुन् ।

    मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुन् ।

    यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो ।

    कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिरे सभापतिमा निर्वाचितभएका छन् । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि  भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ ।

    २०७८, आश्विन १० आइतवार०६:५३:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार