काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षणमा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षणमा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८५, ललितपुरमा ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।