काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १५८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ वटा नमुनाको परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशभर १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।