काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी कुल १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८ जना, ललितपुरमा ४२ जना र काठमाडौंमा २६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ११३ रहेको छ भने मृत्यु हुनेको संख्या ८ रहेको छ ।