चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

२०७८, आश्विन १४ बिहिवार

  • 801
    SHARES

  • चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

    झापा । गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाइ पसलमा अनुगमन गरेको जनाएको छ ।

    कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताए । उनले कपियय पसलले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको समेत जानकारीदिए । 

    उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमनलाई तीव्रता दिएको जानकारी दिए ।

    उपभोक्ताको गुनासो आएपछि झापाका सात सिमेन्ट उद्योगबाट सिमन्टको नमूना सङ्कलनसमेत गरिएको बताए । नमूना सङ्कलन गरिएका सिमेन्टको गुणस्तर उपभोक्ताले भनेझै कम पाइएमा कारबाही गरिने उनको भनाइ छ ।

    २०७८, आश्विन १४ बिहिवार०२:०२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार