चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

२०७८, आश्विन १४ बिहिवार

  • 833
    SHARES

  • चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

    राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

    त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

    २०७८, आश्विन १४ बिहिवार०५:०९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार