काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षणमा १८० जनामा कोरोना संक्रमण देखिएको छ ।
विगत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका २६७ जना, ललितपुरका ६५ जना र भक्तपुरका ३७ जना छन् ।