कोरोना अपडेट : थप ६७९ जनामा संक्रमण, ७ जनाको मृत्यु

कोरोना अपडेट : थप ६७९ जनामा संक्रमण, ७ जनाको मृत्यु

२०७८, आश्विन १७ आइतवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप ६७९ जनामा संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी कुल ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् ।

    हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । 

    २०७८, आश्विन १७ आइतवार०४:४१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार