नेता नेपाल अस्पतालबाट डिस्चार्ज

नेता नेपाल अस्पतालबाट डिस्चार्ज

२०७८, आश्विन १८ सोमवार

  • 729
    SHARES

  • नेता नेपाल अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्किएका छन् । 

    उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएको जानकारी दिए । उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन् । 

    यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो । 

    २०७८, आश्विन १८ सोमवार०१:२७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार