काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षणमा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षणमा २०६ गरी कुल ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ११४ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
हाल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा २३१, ललितपुर ४१ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।