कोरोना अपडेट : थप १,०४३ जनामा संक्रमण, १२ जनाको मृत्यु

कोरोना अपडेट : थप १,०४३ जनामा संक्रमण, १२ जनाको मृत्यु

२०७८, आश्विन २० बुधवार

  • 789
    SHARES

  • कोरोना अपडेट : थप १,०४३ जनामा संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना संक्रमण  पुष्टि  भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु  भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेकोे मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।

    २०७८, आश्विन २० बुधवार०४:४३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार