सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

२०७८, आश्विन २१ बिहिवार

  • 869
    SHARES

  • सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    धादिङ । गल्छी गाउँपालिका  वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । 

    यातायात अवरुद्ध हुँदा दशैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

    यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ ।

    सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

    २०७८, आश्विन २१ बिहिवार०३:३७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार